ड्रिम गर्लको पहिलो गित रिलिज (भिडियो सहित)


असोज १९ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र ड्रिम गर्लको पहिलो गित रिलिज गरिएको छ । 

अम्बिका शर्माको शब्द,अर्जुन पोख्रेलको संगीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको यो गितको भिडियोमा अभिनेता आकास श्रेष्ठ र आश्मा गिरि फिचरीङ्गमा छन्, भने कोरीयोग्राफी गम्भिर विष्ठले गरेका छन् ।

आर.बि मुभिज र रिल एण्ड रियल सिनेमाको संयुक्त ब्यानरमा अर्जुन शर्मा,रामेश्वर धिताल र ऋषीराज आचार्यको लगानीमा बनेको यो चलचित्रलाई ऋषीराज आर्चायले निर्देशन गरेका छन् ।

चलचित्रमा आकास र आश्मा सँगै विल्सन बिक्रम राई,अर्जुन श्रेष्ठ,सरोज खनाल,निर्मल शर्मा,लक्ष्मी गिरि,पुजा पराजुली लगायत कलाकारहरुको अभिनय रहेको छ भने नविन निरौलाको सम्पादन,सम्राट बस्नेतको द्धन्द र राहुल राई, रामेश्वर हुमागाईको छायांकन रहेको छ ।





Powered by Blogger.