बढ्यो दिपिकाको भाउ, माग्न थालीन हिरोको बराबार पारीश्रमीक !


बलिउड अभिनेत्री दिपिका पादुकोणेको भाउ पछिल्लो समय ह्वात्तै बढेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

उनले अभिनय गरेका फिल्महरु एक पछि अर्को हिट हुँदै गएपछि उनको भाउ बढेको बताईएको छ ।

समाचारमा उल्लेख गरीए अनुसार आजभोली दिपिकाले फिल्ममा हिरोले बराबर पारीश्रमीक माग्ने गरेको बताईएको छ । त्यती मात्रै नभएर उनले फिल्ममा क कसलाई राख्ने र नराख्ने सम्मको निर्णय गर्ने अधिकार सम्म आफुलाई दिईनु पर्ने बताउँदै गएको समाचारमा उल्लेख गरीएको छ ।

एक टेलिभिजन अन्र्तवार्तामा एक जना फिल्म निर्देशकले यसको सम्पुर्ण दोष निर्देशक संजय लिला भंसालीलाई दिएका छन् । उनका अनुसार संजय लिलाले आवस्यकता भन्दा धेरै संरक्षण दिएकाले दिपिकाको घमण्ड बड्दै गएको बताईएको छ ।

समाचारमा उल्लेख गरिए अनुसार दिपिकाको पछिल्लो समय प्रर्दशन भएको फिल्म पद्यमावतमा संजय लिलाले दिपिकालाई ११ करोड,रणबिर शिंहलाई ८ करोड र शाहीद कपुरलाई ४ करोड पारीश्रमीक दिएका थिए ।
दिपिकाको घमण्ड बड्दै गएको कारणले नै पद्यमावत पछि उनले कुनै पनि फिल्म पाएकी छैनन् ।





Powered by Blogger.