चि मुसी चि को पाँच गित समावेस अडियो जुकबक्स रिलिज !

साउन ११ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र (चि मुसी चि) ले अडियो जुकबक्स रिलिज गरेको छ । रिलिज गरिएको अडियो जुकबक्समा आउ आज.....,चि मुसी चि.......,सानो सानो कुरा........,तिमीले माग्छौ .......भने र हाँस्दा हाँस्दै......... बोल रहेका पाँच ओटा गित समाबेस गरीएका छन् । 

आउ आज...... मा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ, भने स्वर अलमोडाले दिएका छन्, । त्यसै गरी तिमीले माग्छौ ...........भनेमा सुरज अधिकारीकै शब्दमा अन्जु पन्त र युबराज चौलागाँईले स्वर दिएका छन् । चि मुसी चि.......... मा भने सन्तोष पोख्रेलको शब्दमा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ, भने हाँस्दा हाँस्दै ..........मा रेगन क्षेत्रीको शब्द संगीतमा सारीका घिमिरेले स्वर दिएकी छिन् ।

दिनेश श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा अरुण कुमार गुरुङ्ग,महेश्वर खत्री,सुवास भुर्तेल र डबबहादुर गुरुङ्ग निर्माताको रुपमा रहेका छन्, भने शिबराज कार्की कार्यकारी निर्माता र अनिल पाण्डे,प्रिन्स युबराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।

चलचित्रमा शुनिल क्षेत्री,अलिशा शर्मा,शुशान्त कार्की,शेखर अधिकारी,शिबराज कार्की,कमली वाईबा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।



Powered by Blogger.