आजबाट सिनेमा हलमा (चंगा) सँगै (मट्टि माला) !


सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट सिनेमा हलमा दुई चलचित्रहरु (चंगा) र (मट्टी माला) प्रर्दशन भएका छन् । एउटा संयोग के भएको छ, भने यि दुबै चलचित्रहरुमा बुद्धि तामाङ्ग मुख्य भुमिकामा देखीएका छन् ।

टेलिचलचित्रमा आफ्नो बेग्लै पहिचान बनाएका किशोर भण्डारी डिठ्ठा साप को निर्देशनमा बनेको चलचित्र चंगा मा बुद्धि सँगै कमलमणी नेपाल,लक्ष्मी बर्देवा,अंकीत खड्का, राजन खतिवडा, जिवन भट्टराई लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चंगालाई हाँस्य टेलीचलचित्रकी चर्चीत कलाकार रेश्मा लिमल्सीना (बुनु मैंचा)ले निर्माण गरेकी हुन् ।

चंगा टिम टेलिचलचित्रमा आफुले कमाएको लोकप्रियताले गर्दा पनि यो चलचित्रबाट सफलता हात पार्नेमा ढुक्क रहेको देखीन्छ ।

चंगामा राजनराज सिवाकोटी,कमल खत्रीको संगीत रहेको छ भने रबिन आर्चायको छायांकन रहेको छ । यो चलचित्रलाई राजधानीमा करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनीले बितरण गरेको छ ।

त्यसै गरि आजैबाट टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्र मट्टीमालाले पनि आजैबाट प्रर्दशन आरम्भ गरेको छ । यो चलचित्रमा पनि बुद्धि सँगै चिरन राई, रजनी गुरुङ्ग,पृथ्वी राई लगायत कलाकारले अभिनय गरेका छन् । 



Powered by Blogger.