चंगाको दोश्रो गित रिलिज हेर्नुस (भिडियो सहित)


जेठ २५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र चंगाको दोश्रो गित रिलिज गरिएको छ । मेरी आमा.... बोल रहेको यो गितमा कमल खत्रीको स्वर रहेको छ, भने संगीत र शब्द पनि खत्रीकै रहेको छ । 

कन्टीन्युज मुभि मेर्कसको ब्यानरमा रेश्मा तिमल्सीनाले निर्माण गरेको यो चलचित्रलाई किशोर भण्डारी डिठ्ठा सापले निर्देशन गरेका हुन् । 

यो चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत,कविराज गहतराजको कोरीयोग्राफी,रविन आचार्यको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

चंगामा बुद्धि तामाङ्ग,कमलमणी नेपाल,किशोर भण्डारी,अंकीत खड्का,लक्ष्मी बर्देवा,रेश्मा तिमल्सीना,जिवन भट्टराई,राजन खतिवडा,प्रेम वर्षा खड्का,लक्की भण्डारी लगायत कलाकारले अभिनय गर्दैछन् ।

चलचित्र चंगालाई राजधानीमा करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनीले बितरण गर्दैछन् ।



Powered by Blogger.