चङ्गा चेट भदौं १५ बाट प्रर्दशन हुने !


चलचित्र चङ्गा चेटले प्रर्दशन मिति कन्र्फम गरेको छ ।

यो चलचित्रका निर्देशक दिपेन्द्र के खनालले समाजीक संजाल फेसबुक मार्फत यो चलचित्रको प्रर्दशन मिति कन्र्फम भएको जानकारी गराएका हुन् । चङ्गा चेटको प्रर्दशन मिति सँगै पहिलो पोस्टर पनि सार्वजनीक भएको छ ।

प्रियंका कार्की,ऋचा शर्मा,सन्दिप क्षेत्री,अर्पण थापा,आयुष्मान देशराज,सुरक्षा पन्त,परमिता शाह,माओत्से गुरुङ्ग,रविन्द्र झा,आशिफ शाह लगायत कलाकारहरुले अभिनय गरेको यो चलचित्रलाई धरान,जनकपुर र काठमान्डौंमा छायांकन गरीएको हो ।

माधव वाग्ले निर्माता रहेको यो चलचित्रमा प्रदिप भारद्धाजको लेखन,अर्जुन पोख्रेल,राजनराज सिवाकोटीको संगीत रहेको छ भने चंगा चेटलाई प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण गरिएको छ ।

Powered by Blogger.