अभिषेक-ऐश्वर्या पुत्री आराध्या भारतको प्रधान मन्त्री बन्ने !

बलिउडमा महानायकको उपाधी पाएका अभिनेता अमिताभ बच्चनको नातीनी तथा अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको छोरी आराध्या बच्चन एक दिन भारतको प्रधान मन्त्री बन्ने दाबी भारतका प्रख्यात ज्योतीष डा.ज्ञानेश्वरले गरेका छन् ।

तर त्यसको लागी बच्चन परिवारले आराध्याको नाम परिवर्तन गर्नु पर्ने छ । भारतीय संचार माध्यमहरुका अनुसार उनको नाम आराध्याबाट परिवर्तन गरेर रोहीणी राखीयो भने ग्रह दशा राम्रो हुने उल्लेख गरेका छन् ।

ज्योतीषका अनुसार आराध्य हजुरआमा तर्फ जाने छिन्, । आराध्याकी हजुरआमा जया बच्चन अहिले समाजबादी पार्टीबाट राज्य सभा सदस्य छिन् । त्यसो त हजुरबुवा अमिताभ बच्चन पनि राजनीती राम्रै बुझेका र राजनीतीज्ञहरु सँग राम्रै हिमचिम भएका ब्याक्ती हुन् । 

ज्योतीष ज्ञानेश्वरले यो सँगै अन्य पनि धेरै भविष्य बाणी गरेका छन् । उनका अनुसार साउथ ईन्डीयन फिल्म स्टार रजनीकान्त चाँडै नै तामिलनाडुको मुख्य मन्त्री बन्ने छन्, भने नरेन्द्र मोदी फेरी अर्को पटक पनि सत्तामा पुग्ने छन् । उनले अमेरीकी राष्ट्रपती डोनाल्ड ट्रम पनि फेरी सत्तामा पुग्ने छन् ।





Powered by Blogger.