बिराट र अनुष्का माथी साईबर अपराध गरेको आरोप !

क्रिकेटर बिराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्मा माथी साईबर अपराध गरेको आरोप लागेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

केही दिन पहिले अनुष्काले मुम्बैको सडकमा गाडीबाट फोहोर बाटोमा फालेको भन्दै अरहान शिंह नाम गरेको एक जना ब्यक्तीलाई गाली गरेको समाचार प्रकाशीत भएको थियो । 

अहिले तिनै अरहानले बिराट र अनुष्कालाई साईबर अपराध अन्र्तगत प्रहरीमा उजुरी दिएको बताईएको छ । अनुष्काले उक्त ब्याक्तीलाई गाली गरेको भिडियो बनाएर सामाजीक संजालमा हालेर आफ्नो ईज्जत माथी हमला गरेको भन्दै ति ब्याक्तीले अनुष्का र बिराट बिरुद्ध उजुरी दिएको, समाचारमा भनीएको छ ।

अरहानले भनेका छन्, मैले जानी जानी गाडीबाट फेहोर फालेको होईन,अन्जानमा एउटा प्लास्टीकको बोटल खसेको हो,मेरो गाडीबाट खसेको फोहोर भन्दा सय गुणा धेरै फोहोर शब्द अनुष्काले म माथी प्रयोग गरेकी छिन्, र उनको पति बिराटले त्यो भिडियो बनाएर सामाजी संजालमा अपलोड गरेका छन् ।

समाचारका अनुसार अरहान पनि बलिउड सँग आबद्ध भएका ब्याक्ती हुन्, उनले बालकलाकार भएर शाहरुख खान सँग १९९६मा ईग्लिस बाबु देसी मेम, शाहीद कपुर सँग २०१०मा पाठसाला लगायत फिल्ममा अभिनय गरेका छन् ।

Powered by Blogger.