रणबिर, आलियालाई लिएर संजय दत्तको घरमा आर्शिवाद लिन पुगेपछि.....!

यतीबेला बलिउड अभिनेता राणबिर कपुर र अभिनेत्री आलिया भट्ट उनिहरु बिचको सम्बन्धले निकै चर्चामा रहेका छन् ।

त्यती मात्रै होईन यि दुईले आज भोली सार्वजनीक कार्यक्रममा एक अर्काको प्रशंसा गर्न पनि पछि पर्दैनन् ।

 त्यसो त आज भोली यि दुई जहाँ जाँदा पनि सँग सँगै देखीने गर्दछन्, भने अहिले कपुर खानदान र भट्ट खानदान पनि एक अर्का सँग चजिकिएको चर्चा बलिउडमा चल्न थालेको छ ।

पछिल्लो समय रणबिर कपुर संजय दत्तको जिवन माथी बनेको फिल्म संजुको कारणले पनि चर्चामा रहेका छन् । यसै क्रममा केही दिन अघि रणबिर कपुर आलियालाई लिएर संजय दत्तको घरमा डिनरको लागी गएका थिए, भने त्यहाँ ऋषी कपुर पनि सामेल थिए । फिल्म संजु सँग सम्बन्धीत नभएकी आलिया रणबिर सँग संजयको घरमा डिनरको लागी जानुको कारण भने खुलेको छैन् ।

तर संजय दत्तलाई आफ्नो जेठो दाई मान्ने गरेका रणबिर आलियालाई लिएर आर्शिवाद लिन संजयको घर गएको भनेर, भारतीय मिडियाहरुले समाचार प्रकाशीत गरेका छन् ।

Powered by Blogger.