बिवाह पुर्व नै रणबिरले किने दिपिकाको लागी घर !


बलिउड अभिनेता रणबिर शिंह र दिपिका पादुकोणेको बिवाहको समाचारले अहिले बलिउडलाई निकै गर्मा गरम बनाएको छ । भारतीय संचार माध्यमका अनुसार रणबिर र दिपिका यसै वर्ष १८ नोभेम्बर देखी २० नोभेम्बरको बिचमा बैवाहीक बन्धनमा बाँधीदै छन् । 

बिवाह लगत्तै यो जोडी परिवारबाट छुट्टै नयाँ घरमा बसाई सर्ने कुरा पनि समाचारमा उल्लेख गरिएको छ । यहि कारणले गर्दा अहिले यो जोडीले मुम्बई बान्द्रको खार ईलाकामा रहेको श्री अपाट्मेन्टमा एउटा घर पनि खरीद गरेको छ ।

अहिले रणबिरको परिवार पनि यहि अपाट्मेन्टमै बस्ने गर्दछ तर फरक तल्लामा । दिपिकाको लागी रणबिरले श्री अपाट्मेन्टको चौथो तल्लामा रहेको तिन बेड रुमको घर खरीद गरेका छन् । भने हाल यो फ्ल्याटमा डेकोरेसनको काम भैरहेको छ । बिवाहको सम्बन्धमा रणबिर र दिपिकाको परिवार बिच केही मतभेद रहेको पनि समाचारमा उल्लेख गरीएको छ । रणबिरको परिवार मुम्बईमै बिवाह गराउन चाहान्छ भने दिपिकाको परिवार बैंगलोरमा ।





Powered by Blogger.