प्रचार प्रसारमा जोड दिंदै बोबी !

असार २९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र बोबीले प्रचार प्रसारलाई तिब्र बनाउँदै गएको छ । प्रर्दशन मिती नजिकीदै जाँदा निर्माण पक्ष कलाकार सहित राजधानीबाट नजिकै पर्ने बनेपाका केही स्कुलहरुमा पुगेको छ ।

कलाकारहरु विजय लामा,उमेश थापा,कविता गुरुङ्ग,निर्माता तथा निर्देशक मिलन चाम्स सहितको टिमले यो चलचित्रको विषयमा बनेपाका स्कुले बिद्ययार्थीहरु जानकारी गराएको छ । 

उमेश थापा र कविता गुरुङ्गको जिवनी र प्रेम कथामा बनेको बोबी एउटा प्रेरणादायी चलचित्र भएको बताईएको छ । 

चलचित्र बोबीको अधिकांस छायांकन नर्वेमा गरीएको छ । बोबीले दर्शकलाई मनोरञ्जन सँगै नर्वेका मनोरम दृश्यहरु पनि देखाउने निर्माण पक्षले बताएको छ ।

चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा विजय,उमेश र कविता सँगै रुवी राणा, देशभक्त खनाल,सुरबिर पण्डीत,बादल भट्ट,रबि गिरि,बालदिप राई,शिशिर राण,पुर्णीमा लामा,रश्मी भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने चलचित्रमा नरेश भट्टराई,गिरिराज घिमिरेको लेखन,नवराजकृष्ण थापाको छायांकन,कबिराज गहतराजको कोरीयोग्राफी,अर्जुन जिसिको सम्पादन, र बसन्त सापकोटा,ताराप्रकास लिम्बुको संगीत रहेको छ ।





Powered by Blogger.