बिरंगनाको दोश्रो गित रिलिज (हेर्नुस भिडियो सहित)


चलचित्र बिरंगनाको दोश्रो गित रिलिज गरीएको छ । असार २९ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्र पछिल्लो समय प्रचार प्रसारमा सक्रिय देखीदै गएको छ ।

रिलिज गरिएको (हाम्रो मायाँमा बिएर परेछ....)बोल रहेको यो गितमा रघु परियारको शब्द,दिपक शर्माको संगीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ, भने गितको भिडियोमा शिल्पा पोख्रेल र पृथ्वी प्रशाईलाई प्रस्तुत गरिएको छ । सुरेन्द्र बसेलको कोरीयोग्राफी रहेको यो गितलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

फोर्थ आई मुभिजको ब्यानरमा श्यामबहादुर थापा,रघु परियार,बाबुराम दास,बिमला भट्ट र देब तामाङ्गले संयुक्त रुपमा निर्माण गरेको बिरंगनालाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा पृथ्वी र शिल्पा सँगै अनुप बिक्रम शाही,धिरेन शाक्य,प्रिया रिजाल,प्रज्वल गिरि,कृष्ण सिवाकोटी,सुशिल पोख्रेल,ध्रुब कोईराला,अंशु थापा,अमृत सापकोटा लगायत कलाकारले अभिनय गरेका छन् ।





Powered by Blogger.