अनुप र शिल्पालाई प्रमोशनमा साथ नदिएको बिराङ्गना निर्माताको आरोप !

पछिल्लो समय नेपाली चलचित्रका कलाकारहरुमा पैसा लिने,चलचित्र खेल्ने अनि उक्त चलचित्रको प्रचार प्रसारमा साथ नदिने प्रवृती बढ्दै गएको पाईएको छ । कलाकारहरुले प्रचार प्रसारमा साथ नदिंदा निर्माताहरु कति मर्कामा पर्छन भन्ने कुराको हेक्का नभएको हो वा कलाकारहरु पैसा मुखी भएका हुन्, ? यसै भन्ने अवस्था भने छैन । 

एउटा चलचित्र हिट हुँदा निर्मातालाई भन्दा धेरै फाईदा कलाकारहरुलाई हुने गर्दछ । निर्माताले आफ्नो चलचित्र हिट हुँदा केही पैसा मात्रै कमाउँछ, तर कलाकारहरुले भने त्यही चलचित्रको नाम बेचेर, देश बिदेशका कार्यक्रमहरु देखी दर्जनौं नयाँ चलचित्र साईन गर्दछन् । 

पछिल्लो समय आफैले खेलेको चलचित्रको प्रचार प्रसारमा साथ नदिने कलाकारहरुको सुचीमा अभिनेता अनुप ब्रिकम शाही र अभिनेत्री शिल्पा पोख्रेल पनि परेका छन् । 

असार २९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र बिराङ्गनाको प्रचार प्रसारमा साथ नदिएको आरोप निर्माण पक्षले अनुप र शिल्पा माथी लगाएको छ । त्यसो त छवि ओझाको फिल्म रिलिज हुँदा महिनौं सम्म त्यो चलचित्रको नाम भट्टाउँदै हिंड्ने शिल्पाले बिराङ्गनाको नाम कतै पनि उच्चारण गरेको देखीदैन र सुनीदैन पनि । त्यसै गरी अनुप बिक्रम पनि अहिले नयाँ चलचित्र साईन गर्दै र सुटिङ्ग गर्दैमा ब्यस्त छन्, । उनले पनि बिरंगानाको नाम उच्चारण गरेको कहिं कतै सुनीदैन ।

यसै क्रममा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारमा सघाउ पुर्याउने हेतुले अनुप र शिंल्पाले बिवाह गरेको फोटो सार्वजनीक गरेको छ । यि दुई बिराङ्गनामा शसस्त्र प्रहरीको भुमिकामा देखीएका छन्, भने चलचित्र भित्र पनि यि दुईको बिवाह भएको सार्वजनीक गरीएको फोटोले प्रमाणीत गरेको छ ।

फोर्थआई मुभिजको ब्यानरमा बाबुराम दास,श्यामबहादुर थापा,रघु परियार,देब तामाङ्ग र बिमला भट्टले निर्माण गरेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्, भने चलचित्रमा अनुप र शिल्पा सँगै पृथ्वी राज प्रसाई, प्रज्वलगिरी, शुशिलपोखरेल, धु्रवकोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ । 

Powered by Blogger.