एक्सनले भरीपुर्ण (बिरङगना)को ट्रेलर रिलिज !

केही दिन अगाडी दुई पोस्टर रिलिज गरेको चलचित्र बिरङगनाले ट्रेलर रिलिज गरेको छ । यो ट्रेलर हेर्दा चलचित्र पुर्ण एक्सनप्रदान रहेको बुझिन्छ ।

असार २९ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रको ट्रेलरमा शिल्पा पोख्रेल,अनुप बिक्रम शाही,पृथ्वीराज प्रसाँई लगायत कलाकारहरुलाई प्रस्तुत गरीएको छ । 

फोर्थ आई मुभिजको ब्यानरमा श्यामबहादुर थापा,बाबुराम दास,देब तामाङ्ग,रघु परियार र बिमला भट्टले संयुक्त रुपमा निर्माण गरेको बिरङगनालाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन्, भने चलचित्रमा सुमि चाम्लीङ्ग राई सह निर्मात्रीको रुपमा रहेकी छिन् ।

बिरङगनामा शिल्पा,अनुप र पृथ्वीका अलावा धिरेन शाक्य,देब तामाङ्ग,कृष्ण सिवाकोटी,प्रज्वल गिरि,प्रिया रिजाल,धुब्र कोईराला,शुसिल पोख्रेल,अंसु थापा,अमृत सापकोटा लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा हरिघले लामा र रामेश्वर कार्कीको छायांकन,दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत,श्री श्रेष्ठको द्धन्द,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरीयोग्राफी रहेको छ ।

बिरङगनालाई राजधानीमा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले बितरण गर्दैछ ।




Powered by Blogger.