हरी सँगै स्वाह भयो विपिन कार्कीको स्टारडम !


गएको सुक्रबारबाट प्रर्दशन भएको चलचित्र हरि प्रर्दशन भएको पहिलो दिनमै राजधानी तथा मोफसलका धेरै सिनेमा हलबाट बाहीरीएको समाचार प्राप्त भएको छ । 

केही महिना पहिले प्रर्दशन भएका विपिन कार्की अभिनित चलचित्रहरु नाका र लालपुर्जाको पनि हविगत त्यस्तै भएको थियो । 

हरीको असफलता सँगै चलचित्र पशुपती प्रसाद बक्स अफिसमा हिट भएपछि एका एक भस्मे डनको उपनामले परिचित भएका विपिन कार्कीको स्टारडम पनि स्वाह भएको बताईएको छ । 

पशुपती प्रसाद र जात्रा हिट भए पछि बिपिनले एका एक आफ्नो रेट बढाउँदै १५ लाख सम्म पुर्याएको चर्चा सिने बजारमा चलेको थियो । तर चलचित्र नाका, लालपुर्जा हुँदै हरी सम्म आईपुग्दा उनलाई अब १५ लाखको १५ प्रतिशत रकम दिने निर्माता पनि भेट्न मुस्कील हुने चर्चा आजभोली सिने बजारमा चल्न थालेको छ । 

त्यसो त हरी सँगै प्रर्दशन भएका अन्य दुई चलचित्रहरु आई लभ यु बेबी र अमेीका ब्वायको पनि हालत त्यस्तै भएको बताईएको छ । 

Powered by Blogger.