ट्रेलरमा यस्तो छ बाबु कान्छा (भिडियो सहित)


असार २९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र बाबु कान्छा को ट्रेलर रिलिज भएको छ ।

यो चलचित्रलाई सोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका छन् ।

चलचित्रमा सलोन बस्नेत मुख्य भुमिकामा देखीएका छन्, भने उनि सँगै निर शाह,करिष्मा श्रेष्ठ,राजाराम पौडेल,सरोज खनाल,लय संग्रौला,सम्राट सापकोटा,ऋतिक शाही,गिता अधिकारी,मञ्जु पौडेल,शुशान्त श्रेष्ठ,रामेश्वर रिजाल,बिक्रम कंडेल लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने बाबु कान्छाबाट अश्लिन ज्ञवाली र ज्योत्सना मर्हजनले अभिनय यात्रा प्रारम्भ गरेका छन् ।

रबि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुरज घिमिरे र सन्तोषराज भण्डारी सह निर्माताको रुपमा रहेका छन् । त्यसै गरी चलचित्रमा गौतमराज खड्काको सम्पादन, बाबु श्रेष्ठ,कृष्ण श्रेष्ठको छायांकन,अष्ठ मर्हजनको द्धन्द,टंक बुढाथोकीको संगीत,रामजि लामिछाने, दिपेन्द्र तिमल्सीनाको कोरीयोग्राफी रहेको छ । 

Powered by Blogger.