यसरी प्रचार प्रसार गर्दैछ, (बाबु कान्छा) ले !

असार २९ गतेबाट प्रर्दशन हुन लागेको बाबु कान्छाले प्रचार प्रसारलाई तिब्रता दिएको छ । मंगलबार निर्माण पक्ष कलाकारहरु सहित राजधानीका दुई कलेजहरु हिमालयन र क्यारिबियनमा पुगेर चलचित्रको बारेमा बिद्यायार्थीहरुलाई जानकारी गराएको छ । राजधानीको प्रचार प्रसार सकेपछि निर्माण पक्ष मोफसल दौडमा जाने छ ।

नेप्लीउडलाई प्राप्त जानकारी अनुसार युवा स्टार सलोन बस्नेतलाई भेट्न पाउँदा बिद्यायाथीहरु  निकै उत्साहीत भएका थिए । 

यसै क्रममा सलोनले यो चलचित्रले दर्शकलाई निरास नपार्ने कुराको पनि ठोकुवा गरेका थिए ।

सोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन्,।

चलचित्रमा सलोन सँगै करिष्मा श्रेष्ठ,निर शाह,राजाराम पौडेल,सरोज खनाल,ऋतिक शाही,शुशान्त श्रेष्ठ,सम्राट सापकोटा,गिता अधिकारी,मञ्जु पौडेल,रामेश्वर रिजाल,बिक्रम कँडेल लगायत कलाकारहरु अभिनय गरेका छन्, भने यसै चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना मर्हजनले डेब्यु गरेका छन् ।



Powered by Blogger.