आजबाट सिनेमा हलमा ए...सोल्टिनी !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट सिनेमा हलमा चलचित्र ए...सोल्टिनी प्रर्दशन भएको छ । 

सधैको सुक्रबार २ वा सो भन्दा धेरै चलचित्रहरु प्रर्दशन भैरहेको नेपाली सिने बजारमा यो हप्ता ए...सोल्टिनी ले एकल प्रर्दशनको अवसर पाएको छ । 

जिम्बा फिल्म प्रोडक्सनको ब्यानरमा पुर्णी तामाङ्ग प्रस्तुतकर्ता रहेको ए....सोल्टिनीलाई दिलकुमार घलान तामाङ्गले निर्माण गरेका हुन भने निमा तामाङ्गले निर्देशन गरेका छन् ।

चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्, भने चलचित्र ए....सोल्टिनीमा विस्वास भण्डारीको छायांकन,सम्पादन र अभि लामाको कोरीयोग्राफी रहेको छ । 

Powered by Blogger.