ए सोल्टिनीको शिर्ष गित रिलिज (हेर्नुस भिडियो सहित)

असार १५ गतेबाट एकल प्रर्दशन हुन लागेको चलचित्र ए सोल्टिनीले शिर्ष गित रिलिज गरेको छ । प्रर्दशन मिती नजिकीदै जाँदा निर्माण पक्षले प्रचार प्रसारलाई जोड दिंदै बिहिबार यो गित रिलिज गरेको हो ।

रिलिज गरिएको गितमा सुवास नेपालीले स्वर दिएका छन्, भने निमा लामा तामाङ्गको शब्द तथा संगीत रहेको रहेको छ । यो गितको भिडियोमा कलाकारहरु सबिन श्रेष्ठ,गंगा राना मगर र अर्जुन गुरुङ्गलाई प्रस्तुत गरीएको छ ।

जिम्बा फिलिम्सको ब्यानरमा पुर्णी तामाङ्ग प्रस्तुतकर्ता र दिलकुमार घलान निर्माता रहेको ए सोल्टिनीलाई निमा लामा तामाङ्गले निर्देशन गरेका छन् ।

चलचित्रमा सविन,गंगा र अर्जुन सँगै जयनन्द लामा,ज्ञानबहादुर जिम्बा,मन्जु श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।



Powered by Blogger.