(ए सोल्टिनी)ले दीयो प्रचार प्रसारमा तिब्रता !

असार १५ गतेबाट एकल प्रर्दशन हुन लागेको चलचित्र ए सोल्टिनी टिमले बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा चलचित्रका निर्माता,निर्देशक र मुख्य अभिनेता सविन श्रेष्ठको उपस्थिती रहेको थियो । चलचित्रका अन्य कलाकारहरु प्राविधिक कारणले बाहिर रहेको बताउँदै निर्माण पक्षले आफ्नो चलचित्र अहिले आईरहेका अन्य नेपाली चलचित्र भन्दा केही फरक रहेको बताएको छ ।

पछिल्लो समय नेपाली भन्दा भोजपुरी चलचित्रमा ब्यस्त देखीन थालेका अभिनेता सबिन श्रेष्ठले आफुले गरेका हरेक चलचित्रहरु आफ्नो लागी विषेश हुने गरेको बताएका छन् । सविनले अगाडी भने- अहिले सम्म मलाई दर्शकले एक्सनको रुपमा देखीरहनु भएको थियो तर यो चलचित्रबाट कमेडीमा देख्न पाउनु हुनेछ । उनका अनुसार यो चलचित्रले हाँस्य बिधालाई प्राथमीता दिए पनि थोरै एक्सन पनि रहेको छ, र चलचित्रमा मौलीकता खोज्ने कोसीस गरीएको छ  । 

जिम्बा फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको ए सोल्टिनीका प्रस्तुतकर्ता पुर्णी तामाङ्ग हुन भने दिलकुमार घले निर्माता हुन् ।

चलचित्रलाई निमा लामा तामाङ्गले निर्देशन गरेका छन् ।

ए सोल्टिीनीमा सविन सँगै जयनन्द लामा,अर्जुन गुरुङ्ग,मन्जु श्रेष्ठ,ज्ञानबहादुर,अनिता गोले,जिम्बा, बिबि रानामगर,सम्झना श्रेष्ठ,शेरबहादुर थिङ्ग लगायत कलाकारले अभिनय गरेका छन्, भने चलचित्रमा बिस्वास भण्डारीको सम्पादन र छायांकन,अभि लामाको कोरीयोग्राफी,सोमलाल वाईबा र बिनय केटुको संगीत र राज गोलेको एक्सन रहेको छ ।

Powered by Blogger.