असार १५ मा एक्लै प्रर्दशन हुँदै चलचित्र ए सोल्टिनी !


चलचित्र ए सोल्टिनीले प्रर्दशन मिती तोकेको छ । प्राप्त समाचार अनुसार यो चलचित्र असार १५ गतेबाट एक्लै प्रर्दशन हुँदैछ । 

सधै जसो २ देखी ४ ओटा सम्म नेपाली चलचित्र प्रर्दशन भैरहेको नेपाल सिने बजारमा चलचित्र ए सोल्टिनिले एकल प्रर्दशन हुने अवसर पाएको हो ।

जिम्बा फिल्म प्रोडक्सनको ब्यानरमा पुर्णी तामाङ्ग प्रस्तुतकर्ता रहेको ए सोल्टिनीलाई दिलकुमार घलेले निर्माण गरेका हुन भने निमा लामा तामाङ्गले निर्देशन गरेका छन् ।

चलचित्रमा सविन श्रेष्ठ,जयनन्द लामा,अर्जुन गुरुङ्ग, मन्जु श्रेष्ठ,ज्ञानबहादुर, अनिता गोले,जिम्बा,बिबि रानामगर,सम्झना श्रेष्ठ,शेरबहादुर थिङ लगायत कलाकाहरुले अभिनय गरेका छन् ।

चलचित्रमा बिस्वास भण्डारीको छायांकन र सम्पादन,अभि लामाको कोरीयोग्राफी,सोमलाल वाईबा र बिनय केटुको संगीत र राज गोलेको द्धन्द निर्देशन रहेको छ ।





Powered by Blogger.