मंगलीमा बाँधीयो आँचल र शुसान्तको जोडी !

पछिल्लो समय अभिनेत्री आँचल शर्मा फिल्ममा भन्दा म्युजीक भिडियोहरुमा ब्यस्त देखीन थालेकी छिन् । त्यो त आँचल अभिनित केही फिल्महरु प्रर्दशनको तयारीमा पनि रहेका छन् । चलचित्र शत्रु गते बक्स अफिसमा हिट भएपनि त्यसले आँचललाई फाईदा पुर्याएको देखीदैन ।

हालै मात्र आँचल अभिनित एउटा म्युजीक भिडियो रिलिज भएको छ ।  मंगली बोल रहेको यो गितमा गायक शिब परियारले स्वर दिएका छन् । 

यो भिडियोमा आँचल सँगै शुसान्त खत्री पनि देखीएका छन् । भारतीय टेलिभिजन कार्यक्रम डान्स प्लस २ मा कुसल नृत्य प्रस्तुत गरेर चर्चामा आएका शुसान्त र आँचलको जोडी बनाउने काम निर्देशक बिकास सुबेदीले गरेका छन् ।

प्रह्लाद शाहको शब्द,संकर थापाको संगीत रहेको यो गितमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ, भने भिडियोमा अनिल के मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।





Powered by Blogger.