यात्राःअ म्युजिकल भ्लगको मंगलबारबाट छायांकन सुरु !


केही दिन अघि एक कार्यक्रमको आयोजना गरी औपचारीक रुपमा निर्माण घोषणा गरिएको चलचित्र यात्राःअ म्युजिकल भ्लग को मंगलबारबाट छायांकन सुरु गरिएको छ । 

चलचित्र ए मेरो हजुर २ बाट नेपाली सिने क्षेत्रमा एका एक चर्चामा आएका अभिनेता सलिनमान बनियाँले मुख्य भुमिकामा अभिनय गर्ने यो चलचित्रलाई पुराना निर्माता तथा कलाकार केशब भट्टराईले निर्माण गर्दै छन् । 

मंगलबार बिहान कमलादी गणेश थानमा पुजा गरेर छायांकन सुरु गरिएको छ ।

चलचित्रमा सलिन सँगै सलोन बस्नेत,जय नन्द लामा,जान्वी बस्नेत,धिरेन शाक्य,राजाराम पौडेल,रेआर राई,प्रेक्षा बज्रचार्य,विशाल कटुवाल लगायत कलाकारको अभिनय रहने छ ।

कोटकी कालीका देवी फिलिम्सको ब्यानरमा निर्माण हुने यो चलचित्रमा केशब भट्टराई सँगै शुसिल पोख्रेल,धर्मराज अधिकारी र मुक्ति तिमल्सीना निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा हिमाल केसीको द्धन्द,कविराज गहतराज,प्रविण शिंहको कोरीयोग्राफी,बनिश शाहको सम्पादन र संजय लामाको छायांकन रहने छ । 

Powered by Blogger.