युटुबमा रुचाईदै (माई बेस्ट फ्रेन्ड )


पछिल्लो समय युटुबले गर्दा टेलिभिजनका दर्शकहरु घटेको पाईएको छ । युटुबमा चाहेको समयमा चाहेको हुरा हेर्न पाईने भएकाले नै टेलिभिजनका दर्शकहरु घटेको पाईएको छ । 

हलिउड र बलिउडले पनि अहिले टेलिभिजनलाई भन्दा युटुबका दर्शकलाई मध्य नजर गरेर छोटा चलचित्र,म्युजीक भिडियो,टेलिचलचित्र लगायतका कार्यक्रमहरु निर्माण गरिरहेका छन् । युटुबको लागी माथी उल्लेखीत कार्यक्रमहरु बनाउन हलिउड र बलिउड सँगै नेपालीहरु पनि बामे सर्दै लागीरहेका छन् ।

बिगतमा नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिसिरियल (दुई थोपा आँसु) तराई टेलिभिजनबाट प्रसारण भएको (साईनो कस्तो कस्तो )र ठुलो पर्दाको चलचित्र (प्रोड्युसर) निर्माण गरिसकेको साकेवा मुभिजले पनि अहिले युटुबका दर्शकको लागि वेभ सिरिज माई बेस्ट फ्रेन्ड निर्माण गरेको छ । 

पाँच भाग सम्म युटुबमा अपलोड भैसकेको यो सिरिजलाई साकेवा मुभिजले आफ्नै अफिसियल च्यानलबाट रिलिज गदै आईरहेको छ । 

माई बेस्ट फ्रेन्डलाई साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राईले प्रस्तुत गरेका छन्, भने निर्माता रमु श्रेष्ठ राई रहेकी छिन् ।

किरण राईको लेखन तथा निर्देशन रहेको यो सिरिजमा शेखर राई, अन्जान राई, विबेक विष्ट,निर्मल खड्का,विबेक खड्का,सुमन बाँसकोटा,मोहन राई,भुवन शिंह राई लगायत कलाकारले अभिनय गरेका छन् । 





Powered by Blogger.