तिमी हुन्छौ जहाँ जहाँको ट्रेलर रिलिज (भिडियो सहित)


बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी असार ८ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ जहाँको ट्रेलर रिलिज गरिएको छ । 

बि एण्ड बि फिलिम्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मदन दवाडी,डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारी निर्माताको रुपमा रहेको यो चलचित्रमा प्रकास बास्कोटा कार्यकारी निर्माता र बिना कार्की सह निर्माताको रुपमा रहेका छन् ।

तिमी हुन्छौ जहाँ जहाँलाई बिकास बस्यालले लेखन तथा निर्देशन गरेका हुन ।

प्रेम कथामा आधारीत रहेको यो चलचित्रमा पटकथा,संवाद माधव राज शर्मा,एक्सन रोशन श्रेष्ठ,संगीत अर्जुन पोख्रेल,नृत्य कविराज गहतराज,छायांकन रामशरण उप्रेती, सम्पादन भुपेन्द्र अधिकारी र सालिक दुलालको रहेको छ । 

चलचित्रमा मनिष सुन्दर श्रेष्ठ,मलिना  जोशी,स्वरुपपुरुष ढकाल,रबि गिरि,बिश्व बस्नेत,रुपा राना,गोपाल ढकाल,तमन्ना केसी, गिता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

तिमी हुन्छौ जहाँ जहाँलाई काठमान्डौमा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले बितरण गर्दै छ ।




Powered by Blogger.