जेठ २८ गते टिका बम्जन एकल साँझ हुँदै !


जेठ २८ गते गायक,संगीतकार तथा गितकार टिका बम्जन एकल साँझ हुने भएको छ । 

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी बम्जनले यस कार्यक्रमको विषयमा जानकारी गराएका छन् । उनका अनुसार यो कार्यक्रम जेठ २८ गते आर्मी अफिर्स क्लब भद्रकालीमा हुने छ । 

नेपाल आर्मीमा रहदा कर्तब्य पालनाको सिलसिलामा दुबै हात गुमाएका बम्जनले मुखले कलम समातेर करिब तिन सय भन्दा धेरै गित लेखेका छन्, । यसै विषयमा उनले युनिक वल्र्ड रेर्कड,मिराकल वल्र्ड रेर्कड र एभ्रेष्ठ वल्र्ड रेर्कड राख्न सफल भैसकेका छन् । 

यो कार्यक्रमबाट उठेको सम्पुर्ण रकम अपांग तथा असाहय बालबालिको सहयोगको लागी खर्च गरिने पनि बम्जनले बताएका छन् ।  





Powered by Blogger.