(दि कर्मा)मा सार्वजनीक भए निता ढुंगाना,परमिता शाह र बुद्धि तामाङ्ग !


छायांकन अवधिभर गोप्य राखीएका कलाकारहरुलाई चलचित्र दि कर्मा टिमले सार्वजनीक गरेको छ ।

अहिले छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको यो चलचित्रमा माथी उल्लेखीत कलाकारहरु भएको कुरा निर्माण पक्षले बल्ल सार्वजनीक गरेको हो । 

यि कलाकारहरुको यो चलचित्रमा कस्तो भुमिका छ भन्ने कुरा भने चलचित्रको गित र ट्रेलर रिलिज भएपछि मात्रै जानकारी हुने बताईएको छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा जयराज राय र निशा खतिवाडा निर्माता रहेको यो चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन्,भने रामेश्वर कार्कीको छायांकन रहेको छ ।

आगामी भदौ महिनामा प्रर्दशन गर्ने तयारी गरीएको दि कर्मा नेपाली र हिन्दी भाषामा बन्ने छ ।



Powered by Blogger.