मोफसल प्रचार प्रसारमा सुनकेशरी टिम !


जेठ ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सुनकेशरीले अन्तिम समयमा आएर प्रचार प्रसारलाई तिब्रता दिएको छ । निर्माण पक्ष अहिले चलचित्रको प्रचार प्रसार गर्न उपत्यका बाहिर पुगेको छ । 

यसै क्रममा यो चलचित्रको निर्मात्री तथा कलाकार ऋचा शर्मा र निर्देशक अर्पण थापाले चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेका छन् ।

कार्यक्रममा निर्मात्री ऋचा शर्माले निर्माता संघले घोषणा गरेको आन्दोलनले गर्दा चलचित्र प्रर्दशको विषय अन्यौल भएकाले प्रचार प्रसारमा ढिलाई भएको बताएकी छिन् । 


हाल प्रर्दशन भैरहेका नेपाली चलचित्र भन्दा फरक विषय वस्तुमा निर्माण भएको हुँदा सुनकेशरीलाई दर्शकले मनपराउने कुरामा आफु ढुक्क भएको पनि निर्मात्री तथा कलाकार शर्माले बताएकी छिन् ।

निर्माण पक्षका अनुसार हाल सम्म करिब एक करोड तीस लाख भन्दा धेरै खर्च भैसकेको यो चलचित्रको सम्पुर्ण छायांकन अष्ट्रेलीयामा गरिएको हो ।

यो चलचित्रमा ऋचा सँगै रबिन्द्र झा, भीम न्यौपाने, सुनिल पराजुली, तमन्ना शर्मा,सन्नी ढकाल लगायत कलाकाले अभिनय गरेका छन्, भने मनोज अधिकारी निर्माता र सर्मिला सापकोटा, धर्मराज अधिकारी सह निर्माताको रुपमा रहेका छन् ।

Powered by Blogger.