स्कुटरमा यात्रु ओर्सादै ऋचा शर्मा !


जेठ ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सुनकेशरीले प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

यसै क्रममा यस चलचित्रकी निर्मात्री तथा अभिनेत्री ऋचा शर्मा अहिले राजधानीका सडकहरुमा निस्किएकी छिन् ।

उनले सडकमा निस्किएर स्कुटर मार्फत यात्रुहरुलाई गन्तब्य सम्म पुर्याउने काम गरेकी छिन् । निर्माण पक्षका अनुसार यसो गर्नाले यात्रुलाई पनि केही सुबिधा हुने र आफ्नो चलचित्रको पनि प्रचार प्रसार हुने बताईएको छ ।

ऋचाले यो काम गर्न टुटल सँग सहकार्य गरेकी छिन् । राजधानीको बड्दो सवारी जाम,सार्वजनीक यातायातको असहज यात्रा र महंगो ट्याक्सी भाडालाई ध्यानमा राखेर टुटलको स्थापना गरीएको हो । टुटलले अनलाईन माफर्त सम्पर्क गरेर मोटरसाईकल र स्कुटर मार्फत यात्रुलाई गन्तब्य सम्म पुर्याउने काम गर्दछ ।

ऋभिनेत्री ऋचाको स्कुटर पछाडी बसेर यात्रा गर्न पाउँदा यात्रुहरु पनि खुसी भएको देखीन्थे, भने हरेक यात्रु सँग ऋचाले आफ्नो चलचित्र सुनकेशरीको विषयमा कुराकानी गरेकी थिईन् ।

सम्पुर्ण छायांकन अष्ट्रेलीयामा गरीएको यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्, भने भिम न्यौपाने,ऋचा शर्मा,शर्मीला सापकोटा निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा ऋचाका अलावा,रविन्द्र झा,सन्नी ढकाल लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.