यसरी मनायो शत्रुगते टिमले ५१ औं दिनको खुसीयाली !

शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी चलचित्र शत्रु गते टिमले गौरवमय प्रर्दशनको ५१ औं दिनको खुसीयाली मिडियाकर्मी तथा शुभचिन्तकहरु सँगै बसेर मनाएको छ ।  

२०७४ सालको चैत्र ९ गतेबाट प्रर्दशन भएको यो चलचित्रको २०७५ साल बैशख २९ गते ५१ औं दिन भएको छ । 

यो चलचित्रले राजधानीको गोपीकृष्ण,गुण,अष्टनारायण,क्युएफएक्स, बिग मुभिज, सिटि म्यक्स लगायतका हलहरुमा ५१ औं दिन पछि पनि राम्रै ब्यापार गरेको बताईएको छ । ५१ औं दिन सम्म आईपुग्दा शत्रुगतेले कुल १२ करोड ग्रस कलेक्सन गरेको बताईएको छ । 
शत्रुगेत नेपालमा मात्रै नभएर अहिले बिदेशमा पनि यहि अनुपातमा प्रर्दशन भैरहेको बताईएको छ । कलाकार तथा निर्माता हरीवंस आर्चायले बताए अनुसार अमेरीकामा ५० शो, अस्ट्रेलीयामा ४० शो प्रर्दशन हुने भएको छ । बिदेशमा यति धेरै शो पाउने यो पहिलो नेपाली चलचित्र हो ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक प्रदिप भट्टराईले शत्रु गतेलाई यसरी गौरबमय ५१ औं दिनको खुसीयाली मनाउने अवसर दिएको दर्शक,मिडियाकर्मी तथा अन्य सहयोगीहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

सोही अवसरमा यो टिमले चलचित्रका कलाकार,प्राविधिक,प्रायोजक,मिडियाकर्मी र अन्य सहयोगीहरुलाई सम्मान पत्र पनि प्रदान गरेको  थियो, भने ५१ औं दिन सम्म प्रर्दशन भैरहेका सिनेमा हलले पनि निर्माता तथा निर्देशकलाई सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा पुराना तथा नयाँ सबै चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो, भने पुराना लोकप्रिय अभिनेता दिलिप रायमाझीको नृत्यले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो ।





Powered by Blogger.