मालिकाको छायांकन सुरु, रेखा थापा आफै चलचित्रको निर्देशक !


रेखा फिलिम्सले निर्माण गर्न लागेको चलचित्र मालिकाको आजबाट छायांकन सुरु भएको छ ।

निर्माण टिमले आज बिहान शपुपतिनाथको मन्दिरमा पुजा गरेपछि छायांकन सुरु भएको बताएको छ । 
सुरुमा सम्झना रौनीयार निर्देशक रहने भनिएको यो चलचित्रमा अन्ततः रेखा थापा आफै निर्देशकको रुपमा रहेकी छिन् । 

रेखाले सम्झनालाई निकाले आफै निर्देशक बनेको बताईएको छ । त्यसो त यो भन्दा पहिलेको चलचित्रमा पनि उनले छायांकन भैरहेकै बेला निर्देशक स्याम भट्टराईलाई निकालेर आफै निर्देशक बनेकी थिईन् । 

मलिकामा अभिनेत्री रेखा सँगै नरबहादुर कार्की र कमला ओलीको मुख्य भुमिकामा अभिनय रहने छ । 

आगामी कार्तिक २१ गते लक्ष्मी पुजाको दिनबाट प्रर्दशन गर्ने बताईएको यो चलचित्र करिब १० दिनमा काठमान्डौको छायांकन सक्काएर निर्माण टिम बाँकी छायांकनको लागी पश्चिम नेपालको कोहलपुर र जाजरकोट पुग्ने बताईएको छ । 

Powered by Blogger.