नेपाली उत्पादन प्रयोग गर्न अभिनेता प्रदिप खड्काको सुझाव !


अभिनेता प्रदिप खड्काले शनिबार नोभेम्बर जिन्स नेपालको औपचारीक रुपमा उद्घाटन गरेका छन् । 

काठमान्डौको दरबारमार्ग शाक्य आर्केटमा रहेको यो जिन्स शोरुम उद्घाटन सँगै शनिबारबाटै संचालमा आएको छ । 

पछिल्लो समय चलेका कलाकारहरुलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाउने बड्दो प्रचलनलाई पछ्याउँदै नोभेम्बर जिन्सले पनि अभिनेता प्रदिप खड्कालाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएको हो । 

नोभेम्बर जिन्स पुर्ण नेपाली उत्पादन हो । पुरुषका लागी सबै प्रकारका फेसन नेपालमै उत्पादन गर्दै आईरहेको नोभेम्बर जिन्सले देशका १३० भन्दा धेरै स्थानबाट आफ्ना उत्पादनहरु बिक्री गर्दै आईरहेको बताईएको छ ।

उद्घाटन कार्यक्रममा अभिनेता खड्काले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नकै लागी आफु यो ब्राण्ड सँग जोडीएको बताएका छन् । उनका अनुसार देशको अर्थ तन्त्र बलियो बनाउन, देशलाई सवल र सक्षम बनाउन नेपाली उत्पादन नै प्रयोग गर्नु पर्नेमा जोड दिएका छन्, र आफुले पनि पाए सम्म नेपाली उत्पादन नै प्रयोग गरीरहेको बताएका छन् । 



Powered by Blogger.