मुर्हत सँगै,चलचित्र रोजीको छायांकन सुरु !


गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको चलचित्र रोजीको बुधबारबाट छायांकन सुरु भएको छ ।

बुधबार चलचित्र बिकास कम्पनी बालाजुमा मुर्हत गरे सँगै यो चलचित्रको छायांकन सुरु गरीएको छ ।

गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्याल प्रस्तुतकर्ता रहने यो चलचित्र निर्माणमा गोपीकृष्ण सँग आरोही ईन्टरटेन्मेन्टले सहकार्य गर्दै छ ।  

चलचित्रमा प्रदीप खड्काको मुख्य भुमिकामा अभिनय रहने छ, भने खड्का सँगै परमिता शाह र मिरुना मगर,कर्मा,कृष्ण सिवाकोटी,प्रकास श्रेष्ठ,प्रदिप दाहाल लगायत कलाकारले पनि अभिनय गर्ने भएका छन् ।

निरक पौडेलको निर्देशन रहने यो चलचित्रमा अनुप सापकोटाको कथा, केदार भुषालको पटकथा तथा सम्वाद, राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत र दयाराम पाण्डेको गीत लेखन रहने छ । 
रोजीको छायांकन नेपालसंगै दुवई र फिलिपिन्समा पनि हुने निर्माण पक्षले बताएको छ । 



Powered by Blogger.