लभ स्टेशनमा प्रदिप र जसिता सँगै साम्राज्ञी पनि !


चलचित्र लिलिबिलि मार्फत चर्चामा आएको अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ्गको जोडीलाई फेरी एक पटक चलचित्रको पर्दामा देख्न पाईने भएको छ । 

यो जोडी अब फेरी चलचित्र लभ स्टेशन मर्फत दर्शक माझ आउने भएका छन् । नेप्लीउडलाई प्राप्त समाचार अनुसार लभ स्टेशनलाई निर्माता तथा बितरक गोबिन्द शाही र अभिनेता प्रदिप खड्काले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्, भने यसको निर्देशन उज्जवल घिमिरेले गर्दैछन् ।

यो चलचित्रमा प्रदिप र जसिता सँगै साम्राज्ञी शाह पनि देखीने संम्भावना रहेको बताईएको छ । श्रोतका अनुसार साम्राज्ञी सँग यो चलचित्रको विषयमा कुरा भैरहेता पनि फाईनल भने भैसकेको छैन ।

प्रदिप मिडिया र काफीया फिलिम्सको ब्यानरमा निर्माण हुने लभ स्टेसनको अहिले स्क्रृप्ट लेखनको काम भैरहेको बताईएको छ । 




Powered by Blogger.