गायनमा होमिदै निजा पौडेल !


सानै देखी गित संगीतमा रुचि भएको बताउने निजा पौडेल ११ कक्षामा अध्यन गर्दा गर्दै गायन क्षेत्रमा होमिएकी छिन् । उनले सोमबार आफ्नो जिवनको पहिलो गीत रेकर्ड गराएकि छिन् । 

उनको यो गित रेर्कड गराई सँगै नेपाली सांगीतिक क्षेत्रमा एउटा राम्रो  सम्भावना बोकेकी गायीकाको जन्म भएको बताईएको छ । 

 थुप्रै कभर गितहरु गाएर आफ्नो युटुबमा अपलोड गरेकी पौडेलले युटुबबाट पनि राम्रै चर्चा हाँसील गरेकी छिन् । 
सोमबार रेर्कड गराएको उनको पहिलो गितको संगीत विकाश चौधरीले गरेका छन्, भने, अबिनाश थापाको शव्दमा  बिश्व नेपालीले उनलाई साथ दिएका छन् ।

उनले फाष्ट बिटका ५ वटा गीतहरु समाबेश गरिएको एकल गिती एल्वम बजारमा ल्याउने तयारी गरेकी छिन् । 
Powered by Blogger.