एकसाथ बन्दै (प्रेमालय) र (रुमानी)


बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी एकसाथ चलचित्र प्रेमालय र रुमानीको निर्माण घोषणा गरीएको छ ।
कुमार शाहको निर्देशन र मनोज अधिकारी,किरण माईकल,ऋषिकेश गिरि निर्माता रहेको प्रेमालयमा मरिस्का पोख्रेल,निराजन प्रधान,डा.सुर्या थापा,सन्नी ढकाल,रविन्द्र झा, दालमन पुन लगायत कलाकारहरुको अभिनय रहने छ ।

प्रेमालयमा किरण माईकलको लेखन,रोहा शर्माको छायांकन र राजनराज सिवाकोटीको संगीत रहने छ ।
त्यसै गरी यही टिमले प्रेमालय सँग सँगै अर्को चलचित्र पनि निर्माण गर्ने भएको छ ।

रुमानी नाम राखीएको यो चलचित्रलाई भने मनोज अधिकारीले निर्देशन गर्ने छन् ।

रुमानीको लागी कलाकारहरु भने छनोट हुन बाँकी रहेको निर्देशक मनोज अधिकारीले बताएका छन् । दुबै चलचित्रको छायांकन नेपाल र अष्ट्रेलीयमा गरीने जानकारी गराईएको छ ।



Powered by Blogger.