जुनी जुनीलाई कभर गित कम्पिटिसन हुने !


सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि कभर गित प्रतिस्पर्धा गर्ने घोषणा गरिएको छ । 

केबीए ग्लोबल जुनी जुनीलाई अनलाईन कभर संगम कम्पिटिसन २०७५ नाम दिईएको यस प्रतिस्पर्धामा भाग लिनको लागी नेपाल आईडलको उत्कृष्ठ १२ मा पर्न सफल गायक गायीका राहुल बिस्वास र सन्ध्या जोशीको स्वर, टिका दाहालको संगीत र विष्णु बाबुको शब्द रहेको जुनी जुनीलाई बोल रहेको गित गाउनु पर्ने छ । 

यस प्रतिस्पर्धामा प्रथम हुनेलाई पचास हजार नगद सहित एउटा गित रेर्कड गराईने छ, भने दोश्रोलाई पच्चिस हजार नगद सहित एउटा गित रेकर्ड गराईने छ । 

प्रतिस्पर्धामा भाग लिन चाहानेले आफुले गायको गितलाई जुनीजुनीलाई फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतिस्पर्धा आजैको मितिबाट २ महिना सम्म चल्ने छ । 

Powered by Blogger.