मिल्यो निर्माता संघ र चलचित्र संघ बिचको बिवाद !


नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ बिच करिब एक हप्ता अगाडी देखी जारी रहेको बार्ता सहमतीमा पुगेर टुंङ्गीएको छ । 

आईतबार दिउँसो राजधानीका गोपीकृष्ण,गुण,अष्टनारायण लगायत केही सिनेमा हलले आफुहरुलाई पनि मल्पिप्लेक्स हलको दर्जामा राख्न दबाब दिएपछि बार्ता भंग भएको थियो । पछि चलचित्र संघले त्यो आफ्नो आन्तरीक बिवाद भन्दै ति हलहरुलाई सहमतीमा ल्याएर पुनः निर्माता संघलाई बार्ता जारी राख्न आग्रह गरेपछि आईतबार साँझबाट बार्ता पुनः सुरु भएको थियो । 

आईतबार दिउँसो निर्माता संघले आफुलाई चलचित्र क्षेत्र सँग प्रत्यक्ष सरोकार राख्ने अन्य १६ ओटा सघं संस्थाको सर्मथन रहेको र आफु संगै ति संघ संस्था पनि आन्दोलनमा जान तयार रहेको एक्यद्धता सार्वजनीक गरेपछि चलचित्र संघलाई बार्ता पुनः सुरु गर्न दबाब परेको आँकलन गरीएको छ । 

आईतबार साँझ अबेरबाट सुरु भएको बार्ता राती करिब साडे एघार बजे टुंगोमा पुगेको निर्माता संघका कार्यसमीती सदस्य करण श्रेष्ठले बताएका छन् । 

आईतबार राती नेप्लीउड सँग कुरा गर्दै चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले निर्माता संघका जायज मागहरु प्रति जहीले पनि आफु सकारात्मक रहेकाले बार्ता सफल हुने कुरामा आफु पहिले देखी नै ढुक्क रहेको बताएका छन् । 

के के कुरामा कसरी सहमती भयो भन्ने कुरा सोमबार दिउँसो २ बजे चलचित्र संघ र निर्माता संघले संयुक्त प्रेस रिलिज गरेर औपचारीक रुपमा जानकारी गराउने भएका छन् । 

Powered by Blogger.