नेपालमा हुँदैछ (मेन अफ दी वल्र्ड २०१८ )


जुम ईन ईभेन्टले गर्न लागेको पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन आफ दी वल्र्ड नेपाल २०१८’ घोषणा भएको छ । आयोजक संस्थाले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि यसको घोषणा गरेको छ । 

आजको कार्यक्रममा गायक अनिल सिंह, सञ्चारकर्मी जीपी तिमिल्सिना, प्रतियोगिताको एमडी रुथ मास्के, कोरियोग्राफर आशिक ताम्राकार, अंकित तिवारी, मेन अफ दि वल्र्ड २०१७ का विजेता डा. श्रीराम चन्द लगायतले यो प्रतियोगिताको बारेमा जानकारी गराएका छन् । 

यो कार्यक्रमको बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन सम्पन्न भइसकेको छ, भने काठमाडौँमा आगामी वैशाख ३० र ३१ मा हुँदैछ । 

यस प्रतियोगिताका सिईओ बिमल परियारका अनुसार नेपाली पुरुष मोडलहरुलाई पनि अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागी यो कार्यक्रम गर्न लागीएको हो । यस प्रतियोगीतामा भाग लिन चाहाने जो कोहीले पनि अनलाईनबाट सजिलै फारम भर्न सक्नेछन् । 

म्यान अफ द वल्र्ड २०१८को फाइनल २०७५ असारको पहिलो हप्ता होटल अन्नपूर्णमा स्थित सम्पन्न हुने छ ।

प्रतियोगितामा पहिलो हुने प्रतिस्पधीले नगद रु एक लाख साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तर्राष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । भने दोस्रो हुनेले नगद रु ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् । त्यस्तै फस्ट रनरपले २५ हजार र दोस्रोले १५ हजार नगद प्राप्त गर्ने छन् ।

Powered by Blogger.