आजबाट हैरान र डेडपुल २ । मल्टीप्लेक्समा हैरानको शो न्युन !


सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट नेपाली चलचित्र हैरान प्रर्दशन भएको छ भने हलिउडको तर्फबाट नेपालमा डेडपुल २ प्रर्दशन भएको छ । 

बलिउडको तर्फबाट यो हप्ता नेपाली सिनेबजारमा कुनै पनि चलचित्र प्रर्दशन भएको छैन् ।

डेभिल लिचले निर्देशन गरेको यो चलचित्रमा जोन ब्रोलीन,मोरना ब्याकरीन,रायन रिनोल्डस,जुलिया डेनीसन लगायत कलाकारले अभिनय गरेका छन्, भने फेवियन निस्जा र रोल्फ लिफिल्डले लेखेका छन् । यो चलचित्रले मल्टीप्लेक्समा अत्याधीक शो पाएको छ ।



सौगात बिष्टद्धारा निर्देशीत हैरानले नेपाली सिनेमाको तर्फबाट एकल प्रर्दशन हुने अवसर पाएकाले यो चलचित्रले धेरै हल पाउने अनुमान गरिए पनि मल्टीप्लेक्स हलमा यो हप्ता पनि चलचित्र राजी र आजबाट प्रर्दशन भएको हलिउडको चलचित्र डेडपुल २ कै बर्चस्व रहेको छ । 

हैरानले क्युएफएक्स च्यानलमा जम्म २ शो मात्रै पाएको, क्युएफएक्सको अफिसियल वेभसाईडमा देखाईएको छ । शनीबार नेपाली चलचित्रले राम्रो ब्यापार गर्ने दिन रहेता पनि हैरानले भने यो शनिबार पनि क्युएफएक्स च्यानलमा जम्मा २ शो मात्रै पाएको । 

हैरानमा गजित विष्ट,सत्यराज आर्चाय,सरोज खनाल,सागर लम्साल,निर्मल शर्मा,आरोही शर्मा,बुद्धि तामाङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।

Powered by Blogger.