आज ११ बजेदेखी निर्माता संघ र चलचित्र सघं बिच बार्ता हुँदै !


पछिल्लो समय बक्स अफिस, शेयर बाँडफाँड लगायतका बिषयलाई लिएर आन्दोलनको घोषणा गरेको नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ बिच आज सोमबार ११ बजेदेखी बार्ता हुँदै छ ।

निर्माता संघले आन्दोलनको घोषणा गरेको केही दिनमै चलचित्र संघले पनि प्रेस बिज्ञप्ती जारी गरेर बार्ताको लागी आह्वान गरेको थियो ।

निर्माता संघको तर्फबाट बार्ता कमिटीमा बरिष्ठ उपाध्यक्ष केशब भट्टराईको संयोजगत्वमा छविराज ओझा,भुवन केसी,दिपकराज गिरि,अर्जुन कुमार ढंगोल र निश्चल बस्नेत रहेका छन्, भने चलचित्र संघको तर्फबाट भास्कर ढुंगानाको संयोजगत्वमा गोपालकाजी कायस्थ,त्रिरत्न मानन्धर,नरेन्द्र मर्हजन र भरत अग्रवाल रहेका छन् ।

बिशालनगर स्थित चलचित्र संघको भवनमै हुन लागेको यो बर्ताबाट सहमती हुन सक्ने अनुमान गरिएको छ ।

Powered by Blogger.