नेपाली फिल्म मात्रै हेर्न नवराज सिलवालको आग्रह !


पुर्व डिआईजी तथा वर्तमान प्रतिनिधि सभा संसद नवराज सिलवालले आम नेपाली दर्शकलाई पहिलो प्राथमीकतामा नेपाली फिल्मलाई राखेर नेपाली फिल्म हेर्न आग्रह गरेका छन् ।

सोमबार राजधानीमा झमक बहादुर फिल्मको ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका सिलवालले आफुले हलमा पुगेर जहिले पनि टिकट काटेरै नेपाली फिल्म मात्रै हेर्ने गरेको बताए ।

उनले अगाडी थपे, यदि हामीले नेपाली चलचित्र क्षेत्रको बिकास गर्ने हो भने आफैबाट सुरुवात गर्नु पर्छ, र पहिलो प्राथमीतामा नेपाली फिल्मलाई राख्नु पर्छ, यदि यसो गरियो भने फिल्मको माध्यमबाट बाहीर गैरहेको हाम्रो करोडौं रुपैयाँ पनि यहिं रहने छ ।

हेर्नुस भिडियो सहित


Powered by Blogger.