यसरी हुँदै छ, मिस्टर नेपाल २०१८ !


मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मिस्टर नेपाल २०१८ को आवेदन खुल्ला गरिएको घोषणा गरिएको छ ।

मिस्टर नेपाल २०१८ को लागी काठमान्डौं,पोखरा,चितवन,बुटवल र ईटहरीमा पहिलो चरणको अडीसन हुने भएको छ । यस प्रतियोगीतामा १८ देखी २८ वर्ष सम्मका युवाहरुले मात्रै सहभागीता जनाउन पाउने छन् ।

आयोजकका अनुसार देशै भरि छरियर रहेका प्रतिभाहरुलाई स्विमिङ्ग,फुटबल,ब्याडमिन्टन,समाज सेवा,क्याटवाक लगायतका विषयमा दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण दिएर प्रतिस्पर्धामा उतारीने छ ।

यसरी बिजेता भएको मिस्टर नेपालले सुजुकी ईन्टर मोटरसाईकल सँगै चलचित्र,म्युजीक भिडियो सँगै बिज्ञापनहरुमा समेत खेल्ने अवसर प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सहभागिताका लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डोल स्थित कार्यलय र वेभसाइट ww.misternepal.com.np बाट पनि भर्न सकिनेछ । असारको पहिलो सातादेखि अडिसन सुरु हुने प्रतियोगीताको अन्तिम स्पर्धा मिति अडिसन राउड सकिएपछि सार्वजनिक गरिने आयोजले जनाएको छ । मिष्टर नेपालको अफिसियल कोरियोग्राफर मोडल दिक्पाल कार्की रहेका छन् ।

Powered by Blogger.