चलचित्र पत्रकार संघले मनायो १९ वार्षीक उत्सव !


जेठ ७ गतेलाई आफ्नो स्थापना दिवस मान्दै आएको नेपाल चलचित्र पत्रकार संघले यो वर्षको जेठ ७ गते धुमधामका साथ मनाएको छ । 

सोमबार साँझ सुचना तथा संचार राज्य मन्त्री माननिय गोकुल प्रसाद बासकोटाको प्रमुख आतीत्थ्यमा सम्पन्न भएको संघको १९ औं वार्षिक उत्सब कार्यक्रममा यो वर्ष पनि ५ जना चलचित्र पत्रकारहरु सम्मानीत भएका छन् ।

संघले प्रत्यक वर्ष चलचित्र पत्रकारीतामा सक्रिय रहने केही पत्रकारहरुलाई बिगत देखी नै सम्मान गर्दै आईरहेको छ ।

यसरी सम्मानीत हुनेहरुमा राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७५ बाट धुब्र लम्साल र दयाराम पाण्डे, चलचित्र पत्रकारीता पुरस्कारबाट लक्ष्मण सुबेदी र सन्ध्या थापा सँगै गत वर्षबाट सुरु गरिएको प्रोत्साहन चलचित्र पुरस्कारबाट अन्जान दाहाल सम्मानीत भएका छन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भरत शाक्य,पुर्व अध्यक्ष विदुर गिरि,चलचित्र बिकास बोर्डकी अध्यक्ष निकीता पौडेल,चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी लगायतको उपस्थिती रहेको थियो ।     

Powered by Blogger.