किन पुग्यो त्रिभुवन विश्वविद्ध्यालय लम्फु टिम ?


भोली बैशाख २८ गते सुक्रबारबाट प्रर्दशन हुन लागेको चलचित्र लम्फु टिम यतिबेला अन्तिम प्रचार प्रसारमा जुटेको छ । यसै क्रममा बुधबार यो टिम त्रिभुवन बिश्वविद्ध्यालय पुगेको छ । 

पाँच सय बढि विद्ध्यार्थी सहभागी भएको, प्राज्ञिक विद्ध्यार्थी परिषदले आयोजना गरेको कार्यक्रममा लम्फुका अभिनेताहरु कबिर खड्का,आयान खड्का र सञ्जित भण्डारीले चलचित्रको विषयमा बोलेका थिए ।

शिक्षित र क्षमतावान हुँदा हुँदै पनि बेरोजगार बस्नु पर्दा कति पिडा हुन्छ भन्ने विषय चलचित्र लम्फुले उठान गरेको छ । त्यसै कारणले गर्दा बुधबार यो टिम नेपालमा सबै भन्दा धेरै शिक्षित र क्षमतावान बिद्ध्यार्थी उत्पादन गर्ने त्रिभुवन बिश्वविद्ध्यालय पुगेको हो ।



यसै चलचित्रको लागी १४ महिना सम्म दाह्री पालेको स्मरण गर्दै अभिनेता कबिर खड्काले लम्फुले हामी सबैको कथा बोलेको भन्दै एक पटक हेरीदिन सम्पुर्ण विद्ध्यार्थीहरुलाई आग्रह गरेका छन् ।

चलचित्रमा कबिर,सञ्जित र आयानका अलावा सलोन बस्नेत,मरिस्का पोख्रेल,चाँदनी शर्मा,कुसुम श्रेष्ठ (तरकारीवाली) अजित लामिछाने,जानुका पौडेल,ओम गुरुङ्ग,सन्तोष कार्की,कुसल गुरुङ्ग,रश्मी भट्ट,काजोल,पुष्प आर्चाय लगायत कलाकारले अभिनय गरेका छन् ।

लम्फुलाई गोपालचन्द्र लामिछानेको निर्देशनमा पपुलर मल्टिमीडीयाको ब्यानरमा शक्तीबल्लब घोरासैनीले निर्माण गरेका हुन्, भने चलचित्रमा भुपतिको लेखन,दिपक बज्राचार्यको छायांकन,हरि सिलवालको सम्पादन,अर्जुन पोख्रेलको संगीत र रामजि लामिछाने,शिव बिकको कोरीयोग्राफी रहेको छ । 





Powered by Blogger.