नेपाली चलचित्रको लागि नर्वेमा पनि ढोका खुल्यो !


पछिल्लो समय नेपाली चलचित्रको बिदेशमा छायांकन गर्ने,प्रर्दशन गर्ने सँगै अन्तराष्ट्रीय स्तरमा नेपाली चलचित्रलाई स्थापीत गराउन लागी परेका निर्माता तथा निर्देशक हुन मिलन चाम्स ।

यसै क्रममा उनले निर्देशन गरेको पछिल्लो चलचित्र बोबीको नर्वोमा ग्राण्ड प्रिमियर गरीएको छ । बुझिए अनुसार नेपाली चलचित्रले पहिलो पटक नर्वेमा यसरी प्रिमियर गरेको हो । 

बोबीलाई नर्वेमा हलिउडका चलचित्रहरु मात्रै प्रिमियर हुने स्थानमा प्रिमियर गरिएको छ । यो प्रिमियर सँगै नेपाली चलचित्र क्षेत्रले पनि केही फड्को मारेको हो की, भन्ने अनुभुती गर्न थालीएको छ ।


अंग्रेजी सवटाईटल सहित प्रर्दशन गरिएको बोबी हेर्न नर्वे,ईटाली,बेलायती,माल्टा लगायत देशका करिब चार सय दर्शकहरु आएका थिए । 

उक्त प्रिमियरमा नर्वेका साँस्कृतीक बिभागका प्रमुख थारीया ग्लोपनको पनि उपस्थिती रहेको बताइएको छ । 

यो प्रिमियरले नेपाली चलचित्रलाई अब नर्वेको ढोका पनि खुलेको निर्देशक मिलन चाम्सले बताएका छन् ।

चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिनेआईको ब्यानरमा निर्माण भएको बोबी सत्य कथामा निर्माण भएको चलचित्र हो । यो चलचित्र जसको कथामा बनेको हो उनिहरुले नै यसमा मुख्य भुमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा नरेश भट्टराईको लेखन,अर्जुन जिसिको सम्पादन,नवराज कृष्ण थापाको छायांकान र तारा प्रकास लिम्बुको संगीत रहेको छ ।

बोबीमा उमेश थापा र कबिता गुरुङ्गले मुख्य भुभिकामा अभिनय गरेका छन्, भने उनिहरु सँगै विजय लामा,रुबि राणा,रबि गिरि,देश भक्त खनाल,रश्मी भट्ट,बादल भट्ट,शुरबिर पण्डीत,पुर्णीमा लामा,शिशिर राणा लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.