प्रर्दशनको संघारमा लम्फुको अर्को गित रिलिज (भिडियो सहित)


बैशाख २८ गतेबाट प्रर्दशन हुन लागेको प्रतिक्षित चलचित्र लम्फुको अर्को गित रिलिज भएको छ ।

युवराज सापकोटाको शब्द,अर्जुन पोख्रेलको संगीतमा प्रमोद खरेलको स्वर रहेको यो गितको भिडियोमा मरिस्का पोख्रेल र कबिर खड्कालाई प्रस्तुत गरीएको छ, भने कोरीयोग्राफी रामजि लामिछानेले गरेका छन् ।

हेर्न लायक चलचित्र निर्देशन गर्न सक्ने नेपाली चलचित्र निर्देशकहरुको सुचिमा अग्रणी स्थानमा पर्ने निर्देशक गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई शक्तीबल्लब घोरासैनीले पपुलर मल्टी मिडियाको ब्यानरमा निर्माण गरेका हुन् ।

यतिबेला लम्फु टिम प्रचार प्रसारको लागि मोफसल दौडाहमा निस्किएको छ । मोफसलमा पनि लम्फु प्रति आम दर्शकको चासो बढेको देख्दा आफ्नो लगानी सुरक्षीत गराउने सँगै आम दर्शकको एउटा राम्रो चलचित्र हेर्ने चाहाना पनि पुरा हुने कुरामा आफु ढुक्क रहेको निर्माता घोरासैनीले नेप्लीउडलाई बताएका छन् ।

लम्फुमा मरिस्का र कबिर सँगै सलोन बस्नेत,चाँदनी शर्मा,कुसुम श्रेष्ठ,संजीत भण्डारी,अजित लामिछाने,आयान खड्का,जानुका पौडेल,पुष्प आचार्य,सन्तोष कार्की,ओम गुरुङ्ग,कुसाग्र भट्राई लगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा भुपतिको लेखन,दिपक बज्राचार्यको छायांकन, अष्ठ मर्हजनको एक्सन रहेको छ



Powered by Blogger.