आजबाट लम्फु देशभरका ८० पर्दामा !


लामो समय देखीको प्रतिक्षारत चलचित्र लम्फु आजबाट प्रर्दशन भएको छ । 

यो चलचित्र राजधानी सहित मोफसल गरि ८० पर्दामा एक साथ प्रर्दशन आरम्भ गरेको छ । 

लम्फु स्तरीय चलचित्र बनेकाले दर्शकको मन जित्ने कुरामा दुईमत नभएको निर्माता शक्ती बल्लब घोरासैनीले नेप्लीउड सँग बताएका छन् । उनका अनुसार एकै पटक ८० पर्दामा प्रर्दशन हुन पाउनु भनेको निकै सुखद कुरा हो ।

चलचित्रमा तरकारीवालीको नामले परिचित कुसुम श्रेष्ठले मुख्य भुमिकामा अभिनय गरेकी छिन्, भने उनि सँगै यो चलचित्रबाट कबिर खड्काले पनि अभिनयमा डेब्यु गरेका छन् । यि दुईका अलावा सलोन बस्नेत,मरिस्का पोख्रेल,चाँदनी शर्मा,अजित लामिछाने,कुसाग्र भट्टराई,जानुका पौडेल,आयान खड्का,ओम गुरुङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा तयार भएको लम्फुमा भुपतिको लेखन,दिपक बज्राचार्यको छायांकन,रामजि लामिछाने,शिब बिकको कोरीयोग्राफी,अर्जुन पोख्रेलको संगीत र हरि सिलवालको सम्पादन रहेको छ । 



Powered by Blogger.