कुम्भ करण अस्ट्रेलीया १२ लाखमा बिक्रि गरियो !


चलचित्र कुम्भ करणको अस्ट्रेलीया राईट १२ लाखमा बिक्रि गरिएको छ ।

आकास पल ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अस्ट्रेलीयाको ग्लोबल मिडिया रिसर्च सेन्टरले अष्ट्रेलीया राईट खरिद गरेको हो ।

असार ८ गतेबाट नेपालमा प्रर्दशन हुन लागेको यो चलचित्रलाई त्यही मितिमा अस्ट्रेलीयामा पनि प्रर्दशन गर्न लागीएको छ । अस्ट्रेलीया प्रर्दशनको सम्पुर्ण चाँजो पाँजो गणेश मल्ल ठकुरीले गर्दैछन् ।

कुम्भ करणलाई दिपक ओलीले निर्देशन गरेका हुन्, भने  गिरप्रसाद घर्तीमगर,बिजय श्रेष्ठ,चित्रबहादुर घर्तीमगर, क्षितिजा बस्नेत निर्माताको रुपमा रहेका छन्, भने चुपनिधि रिजाल,रोम ओली कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा गौरव पहाडी, निशा अधिकारी,अभय बराल,भोला सापकोटा,प्रमोद अग्रहरी,आकास पल,कमल गाउँले,सद्भाव थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.