के खगेन्द्र पनि दया पथमै लम्किएका हुन त ?


पछिल्लो समय नेपाली चलचित्र बृतमा कुसल अभिनेताहरुको नाम लिंदा अग्रपंतीमा आउने नाम हो खगेन्द्र लामिछाने ।

त्यसो त केही समय पहिले सम्म दयाहाङ्ग राईको नाम पनि यहि स्थानमा आउने गर्दथ्यो । दयालाई त झन निर शाहले अभिनय सम्राटको उपाधी पनि दिएका थिए । तर उपाधी पाएको एक वर्ष बित्न नपाउँदै दयाको स्थान नम्बर १ बाट एकै पटक लगभग १० नम्बरको छेउछाउमा आईपुग्यो ।

अहिले बजारमा न त उनका फिल्म बिक्छन्, न त मिडियामा उनको खोजी नै हुन्छ । फिल्ममा बिक्न छोडेपछि अहिले दया जहाँबाट आएका थिए त्यही पुगेका छन् । अर्थात नाटक खेल्दा खेल्दै चलचित्रमा आएका दया अहिले फेरी नाटकमै फर्कीएका छन् । दयाले अहिले फिल्मलाई भन्दा नाटकलाई प्राथमीकता दिन थालेको बताईन्छ ।

यसको अर्थ अहिले दयाले फिल्म नै पाएका छैनन्, भन्ने पनि होईन । वर्षमा आठ, दश ओटा सम्म फिल्म पाईरहेका उनि अहिले मुस्किलले एउटा दुई ओटा फिल्ममा सिमित भएका छन् । अभिनयमा भेरीयसन दिन नसक्नु नै दयाको लागी ठुलो कमजोरी बन्न पुगेको छ । हरेक चलचित्रमा एकै किसिमको अभिनय गर्दा उनले अभिनय गरेका लगभग ७५ प्रतिशत फिल्मले लगानी सम्म पनि उठाउन सकेनन् ।

अहिले अभिनेता खगेन्द्रलाई पनि दया पथमा जानलागेको हो की भन्ने आरोप लाग्न थालेको छ । वर्षमा एउटा भन्दा धेरै फिल्म नखेल्ने उद्घोष गरेका लामिछाने पनि अब पैसा आउँछ भने पाए जति सबै फिल्म खेल्ने भन्ने किसिमले अगाडी बढेको पाईन्छ । किन कि यो वर्ष खगेन्द्रका तिन फिल्म रिलिज हुने तयारीमा छन् ।

डमरुको डण्डीबियो बैशाख २१ बाट प्रर्दशन हुँदैछ भने जय भोले दशैंमा प्रर्दशन हुने भएको छ । यहि पेरीफेरीमा खगेन्द्रको अर्को फिल्मको घोषणा गरिएको छ ।

गोपी नाम राखीएको यो फिल्म पनि यहि वर्षको अन्त्य सम्ममा प्रर्दशन हुन सक्ने चर्चा गरीएको छ । गोपीको घोषणा कार्यक्रममा खगेन्द्रले घुमाउरो पारामा यहाँ ठुलो कुरा गरेर नहुने रहेछ, घर खर्च चलाउनको लागी भएपनि पाए जति फिल्म खेल्नु पर्ने बाध्यता भएको बताएका छन् ।

के अब खगेन्द्र पनि दया पथमै लम्किन थालेका हुन त ? उनको यो अभिवेक्तीबाट आम दर्शकले के बुझ्ने ?



Powered by Blogger.